सलोन बस्नेतको ‘सपनाको वेडिङ्’

काठमाडौँ । नायक सलोन बस्नेतले रिलिजको संघारमा रहेको फिल्म ’जय हो’मा भने गीत गाएका छन् । बिहीबार सार्वजनिक ’सपनाको वेडिङ्’ बोलको गीतमा सलोनले शब्द र सगीत पनि आफैँ तयार गरेका हुन् ।

गीतमा सिनेमाका मुख्य पात्र केकी र सलोनले अभिनय गरेका छन् । ’सपनाको वेडिङ्ग’ बोलको गीतको गीतमा रिसाएकी प्रेमिका केकी फकाउँदै गरेको अवस्थामा सलोन चित्रित छन् ।

रोमान्टिक फ्लेवरमा तयार पारिएको गीतको अडियो र भिडियो उत्कृष्ट बनेको आभाष हुन्छ । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको सिनेमामा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, कुमार थिङ र सुबि मगरको अभिनय रहेको छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउने सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *