सुन तस्करी प्रकरणमा थप चार चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा थप चार चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप चार जना चिनियाँलाई पक्राउ गरेको हो ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले सुन तस्करी प्रकरणमा थप चार चिनियाँलाई काठमाडौंबाट पक्राउ गरेको जानकारी दिएका छन् । प्रहरीले मंगलबार ३० लाख नगदसहित तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

साउन २ गते राजश्व अनुसन्धान विभागको टोलीले विमानस्थल भन्सार जाँचपछि बाहिर ल्याउने क्रममा सुन बरामद गरेको थियो । विभागले बरामद गरेको सुन गालेर जोख्दा ६० किलो ७८९ ग्राम भएको थियो । सुन तस्करी प्रकरणमा यसअघि १७ जना पक्राउ परिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *