साझा सहकारीका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा भण्डार सहकारीका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार सहकारीको जग्गा बिक्री गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा साझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष जयकुमार खडका, सञ्चालक समितिका सदस्यहरूसमेत ९ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार लिमिटेडका तत्कालीन अध्यक्ष खड्का, सञ्चालक समितिका तत्कालीन सदस्य आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोलाप्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रबन्धक अमर थापाविरुद्ध मुद्दा दायर भएको छ।

त्यस्तै तत्कालीन सदस्य योगेन्द्रनाथ कर्माचार्य, दैलेख घर भई काठमाडौँको टोखा–३ बाँसबारी बस्ने गीताकुमारी शाही र बाँके कोहलपुर–११ का सुरोज गिरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *