मोहन लामा रुम्बा ।
प्रोजेक्ट– वान
२०४७ अगाडि एउटा नेपाली समाज थियो । २०४७ पछाडि दुईवटा समाज भयो । जनजाति र गैरजनजातिको नाउँमा । एउटा समाजलाई दुईवटा समाज बनाउन आइएनजिओलाई २० वर्ष लाग्यो । जब समाज ०६३ सम्म आइपुग्दा सम्म दुईवटा समाज भइसकेको हिसाबकिताब गरेपछि प्रोजेक्ट टु सुरु भयो ।
प्रोजेक्ट–टु
२०६३ पछि दुईवटा कित्ता भएको समाजलाई फेरि अनेक कित्तामा टुक्राउने अर्को प्रोजेक्ट सुरु भएको छ । जनजाति कित्ता भनेपछि सकिसकेको थियो अब जनजाति भित्र पनि घुसेर एउटै तामाङ जाति भित्र म तामाङ होइन हेल्मो जाति हो । उता मगर भित्र हामी मगर होइन पुन मगर हो भन्ने अर्को रडाको सुरुवात गराई सकेको छ । यता हिजोसम्म एउटै किराँत भनेर बसिरहेका भित्र हामी किराँत होइन युमा हौं भन्दै अर्को चोइटो निकाली सकेको छ भने यता तामाङ भित्र हामी बौद्ध होइन मैत्रे हो भन्ने एउटा हुल तयार गरिसकेको छ भने उता बाहुन भित्र हामी हिन्दू होइनौं मस्टो हौं भन्ने अर्को समूह उठाएर दौडाउँदै छ ।
अहिले चल्दै गरेको प्रोजेक्ट टु हो, यो प्रोजेक्ट अझै दश बीस वर्ष यसैगरी चल्नेछ । पहिला एकलाई दुई बनाउने त्यसपछि फेरि त्यो दुईलाई चार बनाउने अर्थात् एक किलो ढुंगालाई दुईभाग लगाएर आधा आधा किलो बनाउने फेरि त्यो आधा आधा किलोलाई टुक्राएर पाउमा झार्ने एवं रितले टुक्राउँदा टुक्राउँदै अन्तमा धुलो पार्ने ।
यहाँको रैथाने धर्म संस्कृति मान्ने जातजाति सबै एक एक गरेर टुक्राटुक्रा भएर अल्पसंख्यकमा झरेपछि सग्लो रहने त इसाई मात्रै हुन्छ जुन त्यतिबेला बहुसंख्यकमा हुन्छ जब इसाई बहुसंख्यकमा पुगेपछि तेस्रो प्रोजेक्ट सुरु हुनेछ ।
तेस्रो प्रोजेक्ट
तेस्रो प्रोजेक्ट हाम्रो पालामा होइन हाम्रो नातिनातिनाको पालामा पुगेपछि सुरु हुने छ । जब यहाँको रैथाने धर्म संस्कृति सबै टुक्राटुक्रामा विभाजित भएर अल्पसंख्यकमा पुगेपछि हाम्रो सन्तानको अगाडि त्यतिबेला दुईवटा विकल्प मात्रै बस्छ ज्यान प्यारो की धर्म ?
ताजा उदाहरण मणिपुर हेर्नु, जम्मु–कास्मिर हेर्नु, पाकिस्तान बंगलादेशबाट झोला तुम्बा बोकेर भाग्दै आएको शरणार्थीहरुको इतिहास एकपटक पल्टाएर हेर्नु ।
त्यसैले तपाईंहरु आफ्नो छोराछोरीको सुन्दर भविस्यको लागि जसरी अहोरात्र धन आर्जन गर्न खट्नु भएको छ, तर तपाईंको नातिनातिनाको भावी दिनको सुरक्षित भविष्यको लागि अब सोच्ने बेला भएन र ? तपाईंको मेहनतले तपाईंको छोराछोरी नातिनातिना अवश्य सम्पन्न होलान् जब गाउँ जल्न थाल्छ, बजार जल्न थाल्छ त्यतिबेला ती सबै धन दौलत छोडेर तपाईंको सन्तानको लागि ज्यान प्यारो हुने छ ।
त्यो दिन धेरै टाढा छैन हाम्रो भावी सन्तति शरणार्थी हुन पर्ने दिन आउन । तपाईंले कमाएर राखेको धन दौलत छोडेर तपाईंको सन्तान झोला कुम्लो बोकेर शरणार्थी शिविरमा पुग्नुपर्ने दिन आउन बेलैमा चेतना भया ।