नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार थप एकजना पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनलाई शुक्रबार नै अदालतमा उपस्थित गराएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान आजबाट सुरू भएको छ ।

उक्त प्रकरणमा पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर बयान लिन सुरु गरिएको हो । शुक्रबार पक्राउ परेकामध्ये केहिको बयान गराइएको छ भने अन्यको बयान आइतबारबाट निरन्तर हुने काठमाडौं अदालते जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *