अष्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–१ लाजिम्पाट बस्ने २७ वर्षीय सञ्जय रेग्मीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१ लाजिम्पाटस्थित माझी बिष्ट्रो रेष्टुरेण्टका सञ्चालक रेग्मी समेतले एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि अष्ट्रेलिया पठाइ प्रतिष्ठित कम्पनीमा ३ लाख रूपैयाँ भन्दा बढी तलबमा हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३० लाख रूपैयाँ लिई ठगी गरेको पाइएको छ  ।

वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१ दरबारमार्गबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *