शेखर-गगन पक्षले तीन मन्त्री र एक राज्यमन्त्री पाउने

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । बिहीबार बिहान बसेको बैठकमा नेता कोइराला र महामन्त्री थापाले तीन मन्त्री र एक राज्यमन्त्री पाउने गरी सभापति शेरबहादुर देउवासँग छलफल भएको हो ।

नेपाली कांग्रेसले आन्तरिक किचलोका कारण सरकारमा पठाउने मन्त्री छान्न नसक्दा मन्त्रिपरिषद बिस्तारमा ढिलाइ भइरहेको छ । गत चैत १७ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बिस्तार गर्दा कांग्रेसले ४ जनालाई मात्रै मन्त्री बनाएको थियो ।

कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गर्दै अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *