सिंहदरबार अरु पालिकामा सार्नुहोस्, काठमाडौंबासीलाई कुनै आपत्ति छैनः मेयर साह

काठमाडौं । सरकारले महानगरलाई सहयोग नगरेको हुनाले आक्रोशित रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले सिंहदरबार अरु पालिकामा सार्न चुनौती दिएका छन् । पछिल्लो समय सिंहदरबारले महानगरलाई सहयोग नगर्दा रुष्ट देखिएका मेयर शाहले बिहीबार सामाजिक सञ्जालमार्फत फेरिपनि आक्रोश पोखेका हुन् ।

सिंह दरबार अरु पालिकामा सार्दा काठमाडौं बासीलाई कुनै आपत्ती नरहेको बताउँदै मेयर शाहले फेसबुकमा लेखेका छन्, “कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस । हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस । हामीलाई हाम्रो सम्पदा, सस्कृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *