एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा एसी मिलानले संघर्षपूर्ण जीत निकालेको छ । गएराति भएको क्वाटरफाइनलको पहिलो लेगमा मिलानले १० खेलाडीमा समेटिएको नापोलीलाई १-० गोलले हराएको हो ।
सान सिरोमा भएको खेलमा मिलानलाई जीत दिलाउन इस्माल बेन्नासेरले निर्णायक गोल गरे । पहिलो हाफको ४० औं मिनेटमे लेओको पासमा बेन्नेसेरले गरेको गोलनै मिलानलाई जीत दिलाउन पर्याप्त भयो ।
अब दुई टोलीबीचको दोस्रो लेग २० अप्रिलमा हुनेछ ।