आज श्री शाके १९४४ बि. स. २०७९ फागुन ३० गते तद्अनुसार इश्वी सन् २०२३ मार्च १४ तारीख मंगलबार । चैत्र कृष्ण पक्ष सप्तमी तिथि ज्येष्ठा नक्षत्र वज्र योग बालव करण चन्द्रमा वृश्चिक राशिमा आनन्दादि योगमा मुद्गर योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु अष्तमीव्रत दुदुच्याँच्याँ (ज्यो.प. सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तजनहरुसँगको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ । गरिरहेको कार्य परिर्वतनको सम्भाबना रहेको छ । स्वास्थ्यमा सामान्य समस्या देखा पर्नेछ । अरुको विश्वासमा गरिएका कार्यहरुबाट सामान्य तनाबको सामना गर्नुपर्ने छ । नयाँ लगानीका क्षेत्रमा विशेष साबधानी रहनुपर्ने छ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
व्यापार व्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ । मित्रजनहरुबाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउने छ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिचमा सामान्य मनमुटाब रहन सक्छ । अध्ययन अध्यापनमा समय उत्तम रहेको छ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
अरुको छीटो विश्वास गर्ने बानीका कारण तपाईँलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोगका निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने व्यक्तिहरूकाे संख्यामा वृद्धि हुनेछ । शत्रु सबल रहलान् । स्वास्थ्यसम्बन्धि समस्याले सताउँला । आजको सामान्य खर्चले भोलिलाई फाइदा हुनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनोरञ्जनका क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानी हुन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनीले गर्दा मन प्रशन्न रहला । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नुपर्ला । साझेदारी कामको आम्दानी भने उत्तम रहने छ । आय आर्जनका निम्ति समय राम्रो रहेको छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भौतिक स्राेत साधनको प्रयोगले मन प्रशन्न रहला । पारिवारिक साथ सहयोगबाट काममा विशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउने छ । परिश्रमअनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनुहोला । तपाईँको प्रगतिमा आरीष गर्नेहरुबाट बच्नुपर्ला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनुपर्ला । आय आम्दानीमा वृद्धि हुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहने छ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मान प्रतिष्ठामा वृद्धि हुने योग रहेको छ । कुलकुटुम्बहरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मधुर वाणिका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । क्राेधका कारण मानसिक चिन्ता रहन सक्छ । विश्वासिला व्यक्तिहरूबाट धोका हुन सक्नेछ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मान्यजनसँगको भेटघाटबाट मन प्रशन्न रहला । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । शारीरिक आलस्यताले सताउने छ । साझेदारीकाे काममा हात नहालेकै बेस हुनेछ । जीवन साथीको साथ सहयोगद्वारा व्यापार व्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहने छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विश्वासिला व्यक्तिहरूबाट धोका हुनाले गरिरहेको काममा विशेष झमेला पर्न सक्छ । दाम्पतिबीच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्झट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ कार्यको थालनीले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रमको कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ । नयाँ मित्रसँगको भेट वा प्रिय खबरले मन प्रशन्न रहने छ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन स्राेतहरु फेला पर्ने छन् ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
कार्य सम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परिवारका कोही सदस्यहरुको स्वास्थ्य क्षेत्रमा झमेला पर्न सक्छ । वाैद्धिक विकास तथा विद्या प्राप्ति योग रहेको छ । सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउने छ । आफ्नो कुशलताले गर्दा आम्दानीका क्षेत्र सबल रहने छन् ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मनोरञ्जनका निम्ति धेरै समय ब्यतित हुन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनुहोला, सामान्य झन्झट रहन सक्छ । अरुको बसमा गरिएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानीका क्षेत्रमा सजग रहनुपर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढिलाइ हुनाले सामान्य अप्जस सहनुपर्ला ।