एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल पराजीत भएको छ । शनिबार बेलुकी भएको खेलमा बर्नामाउथसँग १-० गोलले पराजीत हुँदै लिभरपुल लिगमा आठौँ हार बेहोरेको हो ।
भिटालिटी स्टेडियममा भएको खेलमा बर्नामाउथलाई जीत दिलाउन फिलिप बिलिंङले एक गोल गरे । पहिलो हाफको २८ औं मिनेटमा बिलिंङले गोल गर्दै बर्नामाउथलाई खेलमा अगाडि बढाएका थिए । ७० औं मिनेटमा मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभरपुलले खेलमा बराबरी गर्ने मौका गुमाएको थियो ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा लिभरपुल १-० गोलले पराजीत हुन पुग्यो । जीतसँगै बर्नामाउथ २६ खेलबाट २४ अंक जोड्दै लिगको १६ औं स्थानमा उक्लिएको छ । समान खेलबाट ४२ अंक जोडेको लिभरपुल पाँचौ स्थानमा यथावत छ ।
