अमेरिकामा यसरी मनाए नेपालीले होली

गणेश थापा, अमेरिका । संयुक्त राज्य अमेरिकामा बस्ने नेपाली समुदायले रंगहरूको पर्व होली धुमधामका साथ मनाएका छन् । नेपालीहरूको अत्यधिक बसोबास रहेको टेक्सास राज्यको अस्टिन सहरमा सोमबार आयोजित बृहत होली कार्यक्रममा ठूलो संख्यामा नेपालीहरूको उपस्थिति रहेको थियो ।

नेपाली सोसाइटी अस्टिनद्वारा आयोजित कार्यक्रममा एक हजार भन्दाबढीको सहभागिता रहेको सोसाइटीका सदस्य नेत्रबन्धु पोखरेलले जानकारी दिए ।

प्रवासको ब्यस्त जीवनशैलीका बाबजूद पनि आफ्नो देशको कलासंस्कृति, चाडपर्व र रितिरिवाजहरूलाई सम्बर्द्धन गर्ने कार्यमा नेपाली समुदाय संधै कटिबद्ध रहिरहने पोखरेलको भनाई छ ।

यता ठूलो संख्यामा नेपालीहरूको बसोबास रहेको न्यूयोर्क, क्यालिफोर्निया, मेरिल्याण्ड, सिकागो, वासिगंटन डिसी लगायतका ठाउँहरूमा रहेका नेपालीहरूले एक आपसमा रंग साटासाट गर्दै हर्षोल्लासका साथ होली पर्व मनाएको खबर प्राप्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *