एजेन्सी । फरवार्ड मार्कुस रासफोर्ड चम्केपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शानदार जीत निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले लेस्चर सिटीमाथि ३-० गोलको जीत निकालेको हो ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जीत दिलाउन रासफोर्डले दुई गोल गर्दा जेडन सान्चोले एक गोल थपे । खेलको २५ औं मिनेटमा ब्रुनोको पासमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई शुरुवाती अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा फ्रेडको पासमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।
यस्तै ६१ औं मिनेटमा ब्रुनोको पासमा सान्चोले गोल गर्दै युनाइटेडलाई ३-० गोलको जीत दिलाएका हुन् । जीतसँगै युनाइटेड २४ खेलबाट ४९ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । एक खेल कम खेल्दै २४ अंक जोडेको लेस्चर १४ औं स्थानमा रहेको छ ।