माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, राष्ट्रपति निर्वाचन एजेण्डा

काठमाडौं । राष्ट्रपति चयन लगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । आज अपरान्ह ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।

राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा निर्णय गर्न बैठक बोलाइएको हो । यसअघि नेकपा एमालेसहित सत्ता गठबन्धन दलहरूसँग भएको सहमति अनुसार गठबन्धन दलहरूको तर्फबाट साझा उम्मेदवार बनाउने भनिएको थियो ।

तर पछिल्लो समय माओवादी केन्द्र र एमालेका नेताहरूले राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर भिन्न प्रतिक्रिया दिँदै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *