काठमाडौंमा अपहरणको नाटक गर्ने ६ जना पक्राउ

काठमाडौं । अपहरणमा परेको भन्दै झुक्याएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ६ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मंगलबार काठमाडौंको नैकापमा केही व्यक्ति अपहरणमा परेको भन्दै सूचना आएको थियो । तर, अपहरणमा परेका भनिएका व्यक्तिहरुले नाटक गरेको भेटिएको प्रहरीले जनाएको छ ।

अपहरणको नाटक गरेको आरोपमा काठमाडौंको चन्द्रगिरी नगरपालिका–१३ बस्ने ४७ वर्षीय बिदुर बस्नेत, चितवनको भण्डारा राप्ती–५ घर काठमाडौंको नैकाप बस्ने ३३ वर्षीय दिलीप विक, सर्लाहीको बर्हथवा–६ घर भइ काठमाडौंको बालाजु बस्ने ४७ वर्षीय भोला महतो नुनिया, काभ्रेको खानीखोला–१ घर भएका ४२ वर्षीय जगत बहादुर भोलान, काभ्रेको बनेपा–६ घर भएका ५३ वर्षीय कान्छामान जिम्बा र धादिङको थाक्रे गाउँपालिका–५ घर भइ काठमाडौंको कालिमाटी बस्ने ४४ वर्षीय आशमान लामा पक्राउ परेका छन् ।

अनुसन्धानका क्रममा उनीहरुले लेनदेनको विषयलाई लिएर अपहरणको नाटक गरेको देखिएको प्रहरीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *