बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी, सन्दीपको इन्ट्री

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । नेपाल क्रिकेट संघ(क्यान)ले सार्वजानिक गरेको दोस्रो चरणको टोलीमा पूर्वकप्तान सन्दीप लामिछानेको इन्ट्री हुँदा १० खेलाडी बाहिरिएका छन् ।

बलात्कारको आरोप लागेका पूर्वकप्तान सन्दीप बन्द प्रशिक्षणमा जोडिएका छन् । मंगलबार भएको नेपाल क्रिकेट संघ(क्यान)को बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गरेसँगै सन्दीप आज बिहीबारबाट राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश भएका हुन् । सन्दीपसँगै प्रतिष जिसी  दोस्रो चरणमा प्रशिक्षणमा जोडिएका हुन् ।

बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीमा शरद भेषवाकर, विनोद भण्डारी, सागर ढकाल, सिद्धान्त लोहनी, अविनाश बोहोरा, विवेक यादव, अनिल शाह, विक्रम सोब, भुवन कार्की र अंकित सुवेदी रहेका छन् ।

दोस्रो चरणमा छनोट हुने खेलाडीमा कुलश भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशी, सन्दीप जोरा, किशोर महतो, कमल सिंह ऐरी,  भीम सार्की, कुशल मल्ल, आरिफ शेख, सन्दीप लामिछाने, प्रतिष जिसी, मौसम ढकाल, सूर्य तामाङ र अर्जुन साउद रहेका छन् ।

नेपालले घरेलु मैदानमा फागुन २ गतेबाट आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *