सरकार ! नेपाली श्रमिकले विदेशमा कमाएको पैसा कहाँ छ ?

रमेश बडाल ।
– केपी ओली २०७४/७५ मा सरकारमा आउँदा नेपालीहरु ६,१२,६८५ जना वर्षमा विदेश जाने गरेका थिए । उनको सरकारले मुलुकमा केही गर्ला भन्ने आशामा जनता थिए । २०७५/७६ मा वैदेशिक रोजगारीमा जानेको संख्यामा १६.९५ प्रतिशतले गिरावट आयो र त्यो वर्ष विदेशिनेको संख्या ५०,८८,२८ कायम भयो । त्यसपछि कोभिडको कारणले क्रमशः घट्यो । २०७५/७६ मा पुन २७.५९ प्रतिशतले घटेर ३,६८,४३३ जना विदेशिए । २०७७/७७ मा फेरी ५४.७५ प्रतिशतले घटेर १६६,६९८ जना मात्र विदेशिए ।

त्यो सरकारले तस्करीमा गरेको नियन्त्रण, अनौपचारीक अर्थतन्त्रलाई औपचारीकरण गरेर र हुन्डीमा कडाई गरेको कारण विप्रेषणमा कमी भएन । कुनैपनि वर्ष नेपाल आउने विप्रेषण खासै घटेन । २०७४/७५ मा नेपालमा ७.५५ खर्ब विप्रेषण आएकोमा २०७५/७६ मा ८.७९ खर्व भित्रियो । २०७६/७७ मा ८.७५ खर्व भित्रियो । २०७७/७८ मा नौ खर्व ६१ अर्व भित्रियो ।

डलरको मुल्यको आधारमा हेर्ने हो भने पनी २०१७ मा अमेरिकि डलरको तुलनामा वार्षिक नेपाली रुपैयाँको मुल्य नेरु १०४ थियो । २०१८ मा १०९, २०१९ मा ११२, २०२० मा ११८, २०२१ मा ११८ र २०२२ मा १२८ रुपैयाँ कायम भएको छ ।

गतवर्ष केपी ओलीको सरकारलाई अपदस्थ गरि गठवन्धन सरकार बनाएपछि विदेशीने नेपालीको संख्या एकलाख ६६ हजार ६९८ बाट वढेर ६,३०,०९० पुग्यो । अर्थात् दैनिक औसत ४५७ बाट वढेर १,७२६ पुग्यो । डलरको तुलनामा नेपाली मुद्रा कमजोर भयो । डलरको मुल्य ७.६९ प्रतिशतले वृद्धि भयो । तर विप्रेषण केवल ९ खर्व ६१ अर्ववाट वढेर १० खर्ब ७ अर्व मात्र भयो ।

अमेरिकी डलरको मूल्य वृद्धिवाट कम्तिमा पनि ७.६९ प्रतिशतले वृद्धि हुनुपर्नेमा केवल ४.७८ प्रतिशतले मात्र विप्रेषण वृद्धि भयो । गतवर्ष विदेशिने श्रमिक मध्ये सिपयुक्त श्रमिक ४ प्रतिशतले वृद्धि भयो । र अदक्ष कामदार घटेर सिपयुक्त श्रमिकको संख्या बढेको कारण श्रमिकको कमाई बढेको स्पष्ट छ । डलरको भाउ बढेको कारण नेपालीमा रुपान्तरण हुनुपर्ने कमाई पक्कै वढेको हुन्छ ।

तर दैनिक ४५७ जना श्रमिक विदेशिएको अवस्थामा हुने आम्दानी र दैनिक १७२६ विदेशिएको, त्यसमा पनि सिपयुक्त श्रमिक बढेको र डलरको भाऊ बढेको अवस्थामा विप्रेषण किन वढेन ? गठवन्धन सरकार जवाफ देऊ ? किन नेपालीको कमाई नेपाल आउन नदिने वातावरण बनायौ ? किन अनौपचारीक अर्थतन्त्रमा मलजल गरिरहेका छौ ? कतै यो सरकारको संरक्षणमा नै विदेशमा पूँजी पलायन हुने काम त भएको छैन ? नयाँ सरकार गठन हुनासाथ मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्ने गरि विदेशमा नेपालीले कमाएको पैसा दुरुपयोग गर्नेलाई कारवाहीको माग गरौं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *