स्वास्थ्य सूचकांकमा उल्लेख्य सुधार

काठमाडौं । नेपालमा स्वास्थ्य क्षेत्रका सूचकांकमा उल्लेख्य सुधार आएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार सर्वेक्षण सार्वजनिक गर्दै योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले मातृ तथा बाल स्वास्थ्यमा भएको प्रगतिलाई सर्वेक्षणले जोड दिएको जानकारी दिए। स्वास्थ्य सर्वेक्षणअनुसार नेपालका महिलाले औसतमा दुई सन्तान जन्माउने गरेका छन् ।

यस्तै नेपालमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा उल्लेख्य कमी आएको छ । सन् १९९६ मा पाँच वर्षमुनिका बालबालिकाको प्रतिएक लाख जीवित जन्ममा ११८ को मृत्यु हुने गरेकोमा हाल उक्त सङ्ख्या २१ मा झरेको छ । यस्तै पाँच वर्षमुनिका बालबालिकामध्ये ३३ जनाको मृत्यु हुने गरेको छ । साढे दुई दशकयता नेपालमा प्रजनन दर आधाले घटेको छ ।

यसैगरी नेपालमा गर्भवती सेवामा पनि सुधार हुँदै गएको छ । नेपालमा १५ देखि ४९ वर्षसम्मका ४३ प्रतिशत महिलाले परिवार नियोजनका साधन प्रयोग गर्ने गर्दछन् । यस्तै १० मध्ये दुईभन्दा बढी महिलाले दक्ष सेवा प्रदायकबाट गर्भवती सेवा पाइरहेका छन् । आजको गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *