चिनियाँ राष्ट्रपति सी जिनपिङ साउदी अरब जाँदै

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ ३ दिने भ्रमणका लागि आज साउदी अरब जाँदैछन् । सन् २०१६ पछि पहिलो पटक साउदी अरबको भ्रमणमा जान लागेका सी चीन–खाडी सहयोग परिषदको शिखर सम्मेलनमा सहभागी हुनु त्यसतर्फ जान लागेका हुन् ।

चीन साउदी अरबको सबै भन्दा ठूलो ब्यापारिक साझेदार हो । साउदी अरबका अघोषित शासक राजकुमार मोहम्मद विन सलमानले चिनियाँ राष्ट्रपति सीलाई भब्य स्वागत गर्ने अनुमान गरिएको छ ।

अमेरिकासहित अन्य पश्चिमा देशहरुसँगको सम्बन्धमा तनाव र उतारचढाव आईरहने भएकाले चीन पनि साउदीसहि खाडी देशहरुसँग थप मजबुत सम्बन्ध बनाउने प्रयासमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *