कस्तो छ आगामी तीन दिनको मौसम ?

काठमाडौं। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै भोली बुधबार प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

बिहीबार पनि प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *