कालीकोट प्रदेशसभा-१ मा माओवादीका रावत निर्वाचित

कालिकोट । कालीकोट प्रदेशसभा-१ मा नेकपा (माओवादी केन्द्र)का दुर्गबहादुर रावत विजयी भएका छन्। रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुर्मराज शाहीसँग एक हजार ५९ मतान्तरले विजयी भएका हुन् ।

रावतले नौ हजार ११ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुर्मराज शाहीले सात हजार नौ सय ५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ ।

प्रदेशसभा ‘१’ मा ३५ हजार तीन सय ५१ मतदातामध्ये १९ हजार नौ सय ३१ मत खसेको जिल्ला मुुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए।

त्यसमध्ये रावतले नौ हजार ११, शाहीले सात हजार नौ सय ५२, राप्रपाका उम्मेदवार सूर्यबहादुर शाहीले एक हजार ७१ मत प्राप्त गरेको लम्सालको भनाइ छ । नेमकिपाका रवीन्द्रबहादुर शाहीले एक हजार एक सय ७२ ल्याएको मुख्य निर्वाचन अधिकृतका कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *