डडेल्धुराको मतगणना सुरु गर्न अझै समय लाग्ने (सूचनासहित)

काठमाडौं। डडेल्धुराको मतगणना अझै सुरु हुन सकेको छैन्। परशुराम नगरपालिकाका मतपेटिका संकलन हुन बाँकी रहेकाले मतगणना सुरु गर्न ढिलाइ भएको हो। प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, ‘मतपेटिकामा पुग्ने क्रममा छन्। ती पुग्ने वित्तिकै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुन्छ।’

मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतमा हुनेछ। डडेल्धुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेको समर्थन पाएका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल, जसपाका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार सागर ढकाल र विक्रमबहादुर शाही लगायत उम्मेदवार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *