नयाँ लाइसेन्स वितरण प्रक्रिया : निर्णयको सक्कल फाइल पेश गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डले नयाँ लाइसेन्स वितरण सम्बन्धमा गरेको निर्णयको सक्कल फाइल पेश गर्न आदेश दिएको छ ।

नयाँ लाइसेन्स वितरणविरुद्ध परेको रिटमाथि मंगलवार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुँयालको संयुक्त इजलाशले सुनुवाइ गर्दै नयाँ लाइसेन्स वितरणका लागि बोर्डले गरेको निर्णयको सक्कल फाइल पेश गर्न आदेश दिएको हो ।

पूँजीबजारको थप विकास र विस्तारका लागि भन्दै बोर्डले असोज २ गते एक सूचना जारी गरी एक स्टक एक्सचेञ्ज, दुई कमोडिटी एक्सचेञ्ज र संख्या नतोकी ब्रोकर लाइसेन्सका लागि आवेदन माग गरेको थियो । नयाँ लाइसेन्स वितरण प्रक्रियाविरुद्ध अधिवक्ता दीपकविक्रम मिश्रले असोज ३१ गते सर्वोच्चमा रीट दायर गरेका थिए ।

मिश्रको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कात्तिक ४ गते सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले लाइसेन्स वितरणको प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन आदेश दिएको थियो । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *