कृष्ण विकको ‘रानी माया’

काठमाडौं । ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’ गीत मार्फत चर्चामा आएका गायक कृष्ण विकको दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘रानी माया’ बोलको गीतलाई उनले गायिका समीक्षा अधिकारीसँग मिलेर गाएका छन् ।

श्रीकृष्ण बम मल्लको शब्द रहेको गीतमा संगीत र एरेन्ज स्वयम् कृष्ण विकको रहेको छ । काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यता र अभिनेता राजेश हमालको विशिष्ट आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले युवापुस्ताले नेपाली कला, संस्कृतिको उत्थानमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । गीतमा फिचर्ड मोडल अनु आचार्यले भिडियोमा गरिएको मेहनत पर्दामा देख्दा भुलेको बताइन् ।

गीतमा स्वयम् गायक कृष्णले अनु आचार्यसँग अभिनय गरेका छन् । गीतमा सन्तु तामाङको मेकअप, सरस्वती श्रेष्ठको हेयर, बोनिका कार्की एण्ड रित खड्काको कस्ट्युम डिजाइन, मनोज श्रेष्ठको भिएफएक्स, रेनिश फागोको रङ्ग संयोजन, कविराज गहतराजको नृत्य निर्देशन, संजय लामाको छायांकन, बनिश शाहको सम्पादन र जीबी आग्रीको निर्देशन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *