सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं। सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ११ बजे बस्ने तयारीमा रहेको बैठकबाट अन्तिम टुंगो लगाउने दलहरूको तयारी छ । यसअघि सोमवार सिट बसेपनि बाँडफाँटबारे निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो ।

सोमबारको बैठकमा सबै पक्षबीच मिहिन ढंगले छलफल भएको थियो । त्यसपछि माओवादी र कांग्रेसका नेताहरुले जसपासँग छुट्टै छलफल गरेका थिए ।

गठबन्धनमा अहिले जसपाले सम्मानजनक सिट नपाए गठबन्धन छोड्ने चेतावनी दिएको छ । उसले एमालेसँग सहकार्यको लागि हात अघि बढाउन खोजेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा करिब १५० सिटमा सहमति भएको दाबी गरिएको छ । कतिपय क्षेत्रमा भने दुई भन्दा बढि दलको दाबी रहेको कारण सहमति जुट्न सकेको छैन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले यो बीचमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगपनि एक्लाएक्लै भेटवार्ता गरिसकेका छन् । ओलीसँगको यादवको सहकार्यको प्रयासलाई नजिकबाट नियाँलिरहेका कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने जसपालाई केही बढि नै सिट दिएर भएपनि गठबन्धनमा नै राख्ने प्रयास गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *