एमाले–लोसपा चुनावी तालमेल र सिट बाँडफाँटबारे आज छलफल

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन तथा सिट बाँडफाँट’दयगत नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच आज छलफल हुँदै छ ।

छलफलका लागि दुवै पार्टीका तर्फबाट वार्ता टोलीसमेत गठन गरिएको छ । टोलीले आगामी निर्वाचनमा चुनावी गठबन्धन र सिट बाँडफाँट टुंगो लगाउनेछ । काठमाडौंमा हुने छलफलका लागि स्थान र समय गोप्य राखिएको छ । दुवै वार्ता टोलीले आफूलाई छलफल हुने स्थान र समयबारे थाहा नभएको जनाएका छन् ।

लोसपा कार्यकारिणी समिति सदस्य एवं वार्ता टोली सदस्य लक्ष्मणलाल कर्णले आज चुनावी गठबन्धन र सिट बाँडफाँटबारे छलफल हुने जानकारी दिए । पार्टीले दिएको जिम्मेवारीअनुसार निर्वाचनकेन्द्रित विषयमा छलफल हुने उनको कथन छ ।

‘स्थान र समय अहिले तय भइसकेको छैन, हामीबीच औपचारिक रूपमा हुने छलफल पहिलो हो । चुनावी गठबन्धन र सिट बाँडफाँट प्रारम्भिक छलफल हुन्छ, बाँकी कुरा त छलफलमा बसेपछि त्यही हुन्छ,’ कर्णले भने ।

एमाले उपाध्यक्ष एवं वार्ता टोली संयोजक विष्णु पौडेल सोमबार रातिसम्म भैरहवामा छन् । उनी मंगलबार बिहानसम्ममा काठमाडौं आउने बताइएको छ । पार्टीले छलफलका लागि जिम्मेवारी दिएको र मंगलबार छलफलमा बस्ने उनी बताउँछन् । एमाले र लोसपाबीच चुनावी गठबन्धन र सिट बाँडफाँटबारे छलफल हुने उपाध्यक्ष पौडेलले बताए ।

लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय वार्ता टोली गठन गरेको छ । जसमा वरिष्ठ नेता शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल छन् ।

उता, एमालेले पनि उपाध्यक्ष पौडेलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । तर, सदस्यको नाम सार्वजनिक गरिएको छैन । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *