नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई दबाव

काठमाडौं । सभामुख अग्नि सापकोटाले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएका छन् । प्रमाणीकरण नगरी राष्ट्रपतिले फिर्ता पठाएको विधेयक पुनस् प्रमाणीकरणका लागि पठाइएको हो ।

राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैबाट हुबहु पारित भएपछि सभामुखले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार अब भने राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुको विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *