त्रिविको अवस्था झन् अन्योल

काठमाडौं । नेपाली कांग्रेस निकट प्रजातान्त्रिक प्राध्यापक संंघले त्रिविका पदाधिकारीकै कारण विश्वविद्यालयमा मुठभेट भएको आरोप लगाएको छ भने माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ । सरकार आबद्ध दुई संगठनले फरकफरक धारणा सार्वजनिक गरेपछि त्रिविको अवस्था झन् अन्योल भएको छ ।

प्रजातन्त्रवादी प्राध्यापक संघले विश्वविद्यालयले शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्न नसकेको, प्रश्नपत्र हुबहु आएको विषयमा छानबिन गर्न गठिन समितिको प्रतिवेदन सार्वजनिक गर्न नसकेको, आफ्नो कुकर्म ढाकछोप गर्न व्यक्तव्यबाजी गरेको आरोप लगाएको छ ।

प्रपासंघले पदाधिकारीको अदूरदर्शिता, अक्षमताका कारण पदाधिकारीहरू सम्पूर्ण रूपमा अयोग्य भएको आरोप लगाउँदै तत्काल निकास दिन आग्रह गरेको छ । संघले वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्ने विषय उल्लेख नगरी घुमाउरो किसिमले पदाधिकारीले सम्पुर्ण विषयको भागिदार हुँदै निकास निकाल्न आग्रह गरेको छ ।

संघले प्राज्ञिक मर्यादा सिकाउने सरस्वतीको मन्दिरमा बसेका पदाधिकारीले आफ्नो गल्ती ढाकछोप गर्न हरसम्भव प्रयास गरेको आरोप लगाएको छ । प्रपासंघले दिएको मागलाई त्रिविका पदाधिकारीले नजरअन्दाज गरी बेवास्ता गरेको उनीहरूको भनाइ छ । प्रपासंघका अध्यक्ष जगत तिमल्सिना र महासचिव राजेन्द्र गौतमद्वारा हिजो मंगलबार जारी विज्ञप्तिमा पदाधिकारीले तत्काल निकास दिन चेतावनी दिएको छ ।

माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले तत्काल वार्ता गरी समस्या समाधान गर्न आग्रह गरेको छ ।
संगठनले भदौ १० गते कार्यकारी परिषद्को बैठकको माइन्युट र अन्य महत्वपूर्ण कागजात लुटेर लगेको घटनाप्रति आपत्ति जनाएको छ । नेबिसंघका केही गुटले होटल एल्लो पगोडामा भएको बैठकमा माइन्युटलगायत काजगात लुटेर लगेका थिए । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *