घट्यो सुनको भाउ

काठमाडौं । आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा आईपुगेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सयले नै घटेर तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १९५ रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८२ हजार २२० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८१ हजार ७९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २४ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *