गठबन्धनको सिटबाँडफाँड कार्यदलको बैठक बस्दै

काठमाडौं । आज गठबन्धनले सिट बाँडफाँडका लागि बनाएको कार्यदलको दोस्रो बैठक बस्दैछ। मंसिर ४ गेत हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धका दलबीच सिट बाँडफाँडबारे छलफल गर्न दिउँसो २ बजे बैठक बस्न लागेको हो।

निर्वाचनमा तालमेल गरेर जाने सहमति भए पनि गठबन्धन दलहरू बीच सिट बाँडफाँट हुन सकेको छैन। आजको बैठकमा सिटबाँडफाँडको आधार र मापदण्ड तय गर्ने कार्यदलको तयारी छ। सोही मापदण्डका अनुसार दलहरूबीच सिठबाँडफाँड हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *