केन्द्र, ७ प्रदेश र ७७ वटै जिल्लामा ‘निर्वाचन सेल’

काठमाडौं। सरकारले आगामी ४ मंसिरका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मिति तोकेपछि नेपाल प्रहरीले सुरक्षाका लागि रणनीति बनाउन आन्तरिक तयारी थालेको छ ।

निर्वाचन मिति तय गरिएलगत्तै सुरक्षा तयारी अघि बढाएको प्रहरी प्रधान कार्यालयले ‘सुरक्षा योजना’ बनाउन केन्द्रीय तहदेखि प्रदेश र जिल्लामा निर्वाचन सेलको ‘मोडालिटी’ बनाएको हो ।

नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले केन्द्रदेखि प्रदेश र जिल्लासम्म नै निर्वाचन सेल गठन गरेको छ ।

केन्द्रमा रहने केन्द्रीय निर्वाचन सेलको नेतृत्व प्रहरी प्रधान कार्यालयले कार्यविभागका प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० सहकुल थापालाई दिएको छ । उनी नेतृत्वमा रहने केन्द्रीय निर्वाचन सेलले देशभरको सुरक्षा अवस्था विश्लेषण गर्दै आवश्यक तयारीका लागि जिम्मेवारी सम्हाल्नेछ ।

प्रदेशगत र जिल्लागत रूपमा निर्वाचन सेल गठन गर्नसमेत पत्राचार गरिसकेको प्रधान कार्यालयले सोमबार प्रदेशस्तरीय निर्वाचन सेल र जिल्ला तहमा पनि निर्वाचन सेल गठन गरेर चुनावी सुरक्षा तयारी गर्न सातै प्रदेश र ७७ जिल्लामा पत्राचार गरेको हो । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *