USAID

रोहिंग्या शरणार्थीलाई पुनः स्थापना गर्न बङ्गलादेशद्वारा चीनसँग आग्रह

चीनका विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा रोहिंग्या शरणार्थीलाई म्यानमारमा पुनः स्थापना गर्न चीनबाट सहयोगका लागि बङ्गलादेशले आग्रह गरेको छ ।

चिनियाँ विदेश मन्त्रीले भ्रमणका क्रममा दक्षिण एसियाली राष्ट्र बङ्गलादेशको पूर्वाधार विकासका लागि उत्तम व्यापार सम्बन्ध, लगानी र सहयोगको प्रतिवद्धता गरेका छन् ।

चीनले सन् २०१९ को अगस्तमा म्यानमारमा सैनिक दमनका कारण भागेका करिब सात लाख रोहिंग्या मुस्लिम शरणार्थीहरूलाई पुन : स्थापना गर्न नोभेम्बर २०१७ को सम्झौता गर्न म्यानमारमा आफ्नो प्रभावको प्रयोग गरेको थियो ।

तिनीहरूलाई फिर्ता पठाउने प्रयास गरे तापनि शरणार्थीहरूले म्यानमारमा आफ्नो असुरक्षा हुनसक्ने भन्दै सम्झौता कार्यान्वयन गर्दा आफुहरूको सुरक्षाको ग्यारेन्टीका लागि अन्तरराष्ट्रिय समुदायसँग माग गर्दै आएको छ ।

सम्झौता कार्यान्वयनमा म्यानमारको प्रशासन इमान्दार नभएको बताउँदै आएका रोहिंग्याहरू गत वर्ष निर्वाचित सरकारलाई अपदस्थ गरी सैन्य सरकार गठन भएपछि थप सशङ्कित बनेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यी शनिबार साँझ ढाका पुगेका थिए । ढाकामा रहाँदा उनले प्रधानमन्त्री शेख हसिना र विदेशमन्त्री ए.के. अब्दुल मोमेनलगायतका उच्च पदस्थ अधिकारीसँग भेट गरेका छन् । बङ्गलादेशको चीनसँग बलियो सम्बन्ध छ, जुन अधिकांश कच्चा पदार्थको लागि प्रमुख व्यापारिक साझेदार हो । तर बेइजिङसँग घनिभूत सम्बन्ध कायम राख्नु बङ्गलादेशका लागि चुनौतीपूर्ण छ ।

यसले चीनको मुख्य प्रतिद्वन्द्वी भारत र अमेरिका दुवैसँग कूटनीतिक र व्यापारिक सम्बन्धलाई पनि सन्तुलित बनाएको छ ।बङ्गलादेशमा ५०० भन्दा बढी चिनियाँ कम्पनीहरू सक्रिय छन् ।

चीन बङ्गलादेशका बन्दरगाह, नदी सुरुङ र राजमार्गहरूजस्ता सबै प्रमुख आधारभूत संरचना परियोजनाहरूमा संलग्न छ र ३.६ बिलियन अमेरिकी डलरको लागतमा पद्मा नदीमाथि आफ्नो सबैभन्दा ठूलो पुल निर्माण गर्न सहयोग गरेको छ ।

चीन र ताइवानबीच हालैको तनावबीच बङ्गलादेशले ‘एक–चीन’ नीतिलाई समर्थन गरेको कुरा दोहोर्याउँदै एक वक्तव्य जारी गरेको थियो । सन् २००८ मा चुनाव जितेपछि चीनको आग्रहमा राष्ट्रपति हसिनाको प्रशासनले ढाकास्थित ताइवानी व्यापारिक प्रतिनिधि कार्यालय बन्द गरेको थियो ।

त्यसपछि चीनले बङ्गलादेशमा आफ्नो सहभागिता बढाएको छ । निर्यातबाट ८० प्रतिशतभन्दा बढी विदेशी मुद्रा भित्राउने बंगलादेशको गार्मेन्ट उद्योग कच्चा पदार्थका लागि चीनमा अत्यधिक निर्भर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *