USAID

लियो जिल्ला परिषद ३२५ एम नेपालद्वारा क्लब अफिसर प्रशिक्षण कार्यक्रम सम्पन्न

पोखरा । लियो जिल्ला परिषद ३२५ एम, नेपाल द्वारा गण्डकी क्षेत्रमा रहेका क्लब अफिसर प्रशिक्षण कार्यक्रम पोखरा स्थिति ईन्फर्मेटिक्स कलेज रानीपौवामा सप्पन्न गरेको छ । कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एम , नेपालका डिस्ट्रीक गभर्नर लायन महेन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । पौडेलले बिरुवामा पानी हालेर कार्यक्रमको उट्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै पौडेलले लियो लायन्स र लियोको सहकार्यले नै हाम्रो एम, नेपालले एउटा थप उचाईमा पुग्ने र लियोलाई अावश्यक परेको खण्डमा हर सहयोग गर्न प्रतिबद्ध रहेको समेत बताए । कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एम नेपाल का दोस्रो डीजी लायन चण्डी प्रसाद अर्याल, लायन धनीराम बराल, के नेपालका उपाध्यक्ष लियो अबिरल पौडेल,एम का कोषाध्यक्ष लियो प्रेमराज तिवारी लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

प्रक्षिक्षकको रुपमा लियो जिल्ला परिषद ३२५ जे नेपालका अध्यक्ष लियो किरण थापा, लियो जिल्ला परिषद ३२५ बी १ नेपालका पुर्ब अध्यक्ष लियो बिनायक पौडेल, लियो लायन हरिहर पराजुली रहेका थिए । कार्यक्रममा लियो परिषद ए, नेपालका अध्यक्ष लियो सुशील भण्डारीले आफ्नो १ बर्षे कार्ययोजना समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको अध्यक्षता लियो सुशील भण्डारीले गरेका थिए । यस्तै स्वागत मन्तव्य रिजन कोडिनेटर लियो सन्तोष बरालले, कार्यक्रम संचालन सचीव लियो दिक्षान्त खांडले गरेका थिए ।

लियो क्लब अफ पोखरा माउन्टेन सिटी, लियो क्लब अफ पोखरा फिसटेल सिटीद्वारा कार्यक्रमको संयोजन गरेका थिए । कार्यक्रम संयोजक र धन्यवाद मन्तव्य लियो सन्दिप पराजुलीले राखेका थिए । कार्यक्रममा गण्डकी क्षेत्रको क्लबका लियोहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

CivActsAd

Leave a Reply

Your email address will not be published.