प्रताप दासको ‘यसपाली त जसरी म माइत जाने’

काठमाडौं । चर्चित गायक प्रताप दास र गायिका दुर्गा बिसुरालको स्वरमा नयाँ तीज गीत ‘यसपाली त जसरी म माइत जाने’ को म्युजिक भिडियो राईट ट्यून अफिसियल यूट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

प्रतिकुल मौसम र अप्ठ्यारो घरायसी परिस्थितिमा श्रीमान श्रीमतीबीच भएको वार्तालाप र समझदारीको भाव समेटिएको गीतलाई यूवा गीतकार डि.पी खनालले शब्द रचना गरेका हुन् । संगीतकार तारा प्रकाश लिम्बुको उत्कृष्ट संगीत रहेको यस गीतलाई सबिन लिम्बुले संगीत संयोजन गरेका छन् ।

अहिलेका व्यस्त मोडेल/कलाकार सरोज राना प्रजा र आभा थापाको सुन्दर अभिनय तथा नृत्य रहेको म्युजिक भिडियोमा गायिका दुर्गा बिसुराल र राजेश बिसुराल जोडीको पनि जोडदार अभिनय हेर्न पाइन्छ।

फराज अर्पनको छायाँकन,सन्तोष राजबाहकको कोरियोग्राफी तथा डिन्सन शाहको सम्पादन रहेको भिडियोलाई रिवाज बिसुरालले प्रस्तुत गरेका हुन् भने निर्देशक गणेश शाहले गीतको भावभंगी अनुरुपनै यथार्थपरक ढंगमा निर्देशन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *