फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’

काठमाडौं । प्रकाश सपुत र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’ गीत सार्वजनिक भएको छ।

काठमाडौंमा आयोजित कार्यक्रमबिच गीतको भिडियो सार्वजनिक गरिएको हो । रमेश पौडेलको शब्द, नारायण रायमाझीको संगीत रहेको गीतमा निशान भट्टराईको स्वर सुन्न सकिन्छ। यस गीतको भिडियोमा प्रकाशका साथै केकीको अभिनय देख्न सकिन्छ। प्रकाशले यसै फिल्ममार्फत नेपाली सिनेजगतमा पाइला राखेका हुन् ।

‘के वर मागी फर्क्यौ’ यसअघि नै रेकर्ड भइसकेको चर्चित गीत हो। रमेश पौडेलले यस गीतलाई विसं २०४९ सालमा लेखेका थिएँ। जुन गीतले विसं २०५० सालमा पौडेललाई नेपालबाट उत्कृष्ट गीतकारको पुरस्कार दिलाएको थियो । गीतलाई विसं २०६० मा रेकर्ड गरिएको थियो ।

रामभक्त जोजिजुको स्वर रहेको गीतमा नारायण रायमाझीले नै संगीत भरेका थिए। जुन गीतले निकै चर्चा बटुलेको थियो। सोही चर्चित गीतलाई नै रिक्रियट गरिएको हो । नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा बनेको फिल्ममा राजेश वंशल र नारायण रायमाझी निर्माता रहेका छन् ।

फिल्ममा प्रकाश र केकीका साथै दीलिप रायमाझी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकारको अभिनय छ । रमेश बीजीको कथा रहेको फिल्म आगामी दशैँको अवसरमा असोज १४ गते रिलिज हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *