‘हनी ट्रयापिङ’मा संलग्न दुईजना पक्राउ

काठमाडौं । प्रहरीले ‘हनी ट्रयापिङ’मा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ बतासे घर भई हाल भक्तपुरको बालकोट बस्ने २४ वर्षीय शेखर बास्तोला र २० वर्षीया रोजिना राउत रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

शेखर र रोजिना श्रीमान–श्रीमती हुन् । प्रहरीले उनीहरुलाई बिहीवार बानेश्वरबाट पीडितहरुसँग ‘बार्गेनिङ’ गरिरहेको बेला पक्राउ गरेको हो । उनीहरुले विभिन्न महिलाहरुलाई सामाजिक सञ्जालमा प्रयोग गरी पुरुषहरुलाई ब्ल्याकमेल गरेको कार्यालयले जानकारी दिएको छ ।

उनीहरुले झुट्टा मुद्दा लगाई फसाई दिने भन्दै डर धम्की देखाएर ब्ल्याकमेल गरी रकम असुल गरेको उजुरी कार्यालयमा परेको थियो। यसमा शेखरले आफूलाई साइबर ब्युरोको प्रहरी निरीक्षक हो भनेर धम्की दिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *