इच्छाराज तामाङकी श्रीमती सिर्जना पक्राउ

काठमाडौं । प्रहरीले सिभिल सेभिङ्स एन्ड क्रेडिट सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्यलाई पक्राउ गरेको छ । सहकारी घोटाला प्रकरणमा मुछिएकी शाक्यलाई प्रहरीले मंगलबार रामशाहपथबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीका) प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

महतोकाअनुसार सिर्जना सो संस्थाकी लेखा समिति सदस्य समेत हुन् । सहकारीबाट इच्छाराज तामाङ लगायतले ५ अर्ब ८४ करोड ४० दाख २१ हजार ७१३ रुपैयाँ ठगी गरेको खुलेको थियो । उनीहरूविरूद्ध ठगी र संगठित अपराध कसुरमा जाहेरी परेको थियो।

अनुसन्धान सकेपछि पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरी गत मंसिर १७ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। त्यसमा इच्छाराज र केशवलाल श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो । यस घटनामा सुरूदेखि नै पक्राउ पुर्जी जारी भएकोमा उनी फरार थिइन् । उनीमाथि कारबाही गर्न काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *