कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृतस्तरका कर्मचारी ३० हजार घुससहित पक्राउ

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृतस्तरका एक कर्मचारी ३० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार छैठौं तहका अधिकृतस्तरका कर्मचारी दीपेन्द्र बुढा क्षेत्रीलाई ३० हजार घुससहित पक्राउ गरेको हो ।

कैलालीकै घोडाघोडी नगरपालिका १ स्थित एक होटेलमा बिउबिजन सामग्रीको रकम भुक्तानीबापत गैरकानुनी रुपमा कमिसन लिइरहेका बेला उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *