सडक बालबालिकालाई प्रलोभन देखाइ भारतमा मिर्गौला बिक्री गर्ने गिरोह पक्राउ

काठमाडौं । प्रहरीले सडक बालबालिकालाई प्रलोभन देखाइ भारतमा मिर्गौला बिक्री गर्ने गिरोह पक्राउ परेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको सडक बालबालिकालाई प्रलोभन देखाइ मिर्गौला बिक्री गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछापका धनबहादुर रोका, गुल्मीको तम्घास नगरपालिका–२ घर भई काठमाडौंको गौशाला बस्दै आएका ३१ वर्षीय विजय कुँवर, दैलेखको चामुण्डा विन्द्रासयनी नगरपालिका–६ घर भई काठमाडौंको कालोपुल बस्दै आएका २८ वर्षीय धुपेन्द्र शाही, दैलेखकै चामुण्डा विन्द्रासयनी नगरपालिका–६ घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३२ वर्षीय विमलबहादुर शाही र झापाको पृथ्वीनगर नगरपालिका–१ घर भई थिमि बस्दै आएका २१ वर्षीय छोटे भनिने आशिष तामाङ छन् ।

पाँच लाख रुपैयाँसम्म कमाइ हुने लोभ देखाएर बालबालिकालाई भारत लैजान ठिक्क पारेको सूचनाको आधारमा ब्यूरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार विमल शाही र धनबहादुरले आफू भारत गएर मिर्गौला बिक्री गरेर आएको अनुसन्धानबाट खुलेको छ । घटनाबारे अनुसन्धान भइरहेको र पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारवाही हुने ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *