इजरायली प्रधानमन्त्री र टर्कीस राष्ट्रपतिबीच फोनवार्ता

इजरायलका प्रधानमन्त्री यायिर लापिद र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा आगामी दिनमा यी दुई देशकाबीचको सम्बन्ध थप सुमधुर बनाउने विषयमा कुराकानी भएको इजरायली प्रधानमन्त्री लापिदको सचिवालयले जनाएको छ ।उनीहरुले इजरायल र टर्कीका बीचको सम्बन्ध यस क्षेत्रको क्षेत्रीय शान्ति, आर्थिक विकास तथा स्थायित्वका लागि महत्वपूर्ण रहेको धारणा राखेको जनाइएको छ ।

यी दुई देशले पछिल्लो पटक हवाई उड्यनका क्षेत्रमा पनि नयाँ सहमति गरेका थिए । उक्त सहमतिले पनि दुई देशका बीचको सम्बन्ध सुदृढीकरणमा ठूलो सहयोग पुर्याउने उनीहरुका बीचमा कुराकानी भएको बताइएको छ ।

लापिद यही जुलाई १ तारिखमा इजरायलको कामचलाउ प्रधानमन्त्री नियुक्त भएका हुन् । लापिदलाई टर्कीस् राष्ट्रपति एर्दाेगानले बधाई ज्ञापन गरेका थिए । त्यस अवसरमा टर्कीस् राष्ट्रपति एर्दाेगानले लापिदको कार्यकालमा यी दुई देशबीचको आपसी सम्बन्ध झन् सुदृढ हुने विश्वास पनि व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *