ढिला चाँडो नेपाल पनि श्रीलंकाकै अवस्थामाः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ढिला चाँडो नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने बताएका छन् । आइतबार सामाजिक संजालमार्फत श्रेष्ठले नेपालको अवस्थामा अहिल्यै त्यस्तो नभए पनि स्वार्थी राजनीतिको बोलवाला, कूशासन, भ्रष्टाचारले ढिलोचाँडो श्रीलंकाकै बाटोमा पुर्याउने बताएका हुन् । उनले यसबारे सचेत हुन र यथास्थिति तोड्न सकारात्मक धक्कायुक्त हस्तक्षेको जरुरत रहेको औंल्याएका छन् ।

उनले भनेका छन्, ‘हामी अहिल नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं । यो सही नै हो । तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार–सिद्धान्त एवं मूल्यविहीन भ्रष्ट–स्वार्थी राजनीतिको बोलवाला, कुशासन ,भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालीकृत सत्ता, समस्या समाधान प्रतिको गैरजिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा पुर्याउने त्यतै हो । सचेत होऔं र समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामुहिक एवं संगठित प्रयत्न गरौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *