आज पनि सुनको भाउमा भारी गिरावट

काठमाडौं । आज बिहिबार पनि सुनको भाउमा भारी गिरावट आएको छ । हिजो बुधबार तोलामा एकैपटक १६ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पनि तोलामा १४ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा आईपुगेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला १४ सय रुपैयाँले नै घटेर तोलाको ९४ हजार १ सय रुपैयाँमा झरेको छ ।आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार १०५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार ६७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १६ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *