बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाबीच मतदान जारी

बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाबीच बिहान ७ बजेदेखि मतदान जारी रहेको छ। गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा बूढीगङ्गा नगरपालिकाको अधिकांश मतदान स्थलमा धाँधली हुँदा यहाँको मतगणना रोकिएपछि असार २३ गतेका लागि पुनः निर्वाचन तय भएको हो ।

बूढीगङ्गा नगरपालिकाका १० वटै वडामा रहेका मतदान केन्द्र र १९ वटा उपकेन्द्रमा अहिले कडा सुरुक्षाबीच मतदान भइरहेको निर्वाचन अधिकृत हष्टबहादुर कडायतले बताएका छन् ।

१० मतदान स्थल र १९ उपमतदान केन्द्र रहेको सो पालिकाको निर्वाचन सम्पन्न गर्ने गरी ९५ कर्मचारी सहित सयौं सङख्यामा सुरुक्षाकर्मी समेत खटिएका छन् । प्रत्येक केन्द्रमा ३ जनाको दरले स्वंसेवक समेत परिचालित छन् । १० वटा मतदान तथा १९ वटा उपमतदान केन्द्रमा १३ हजार ६५९ मतदाताले दतदान गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *