USAID

चन्द्रागिरी केबलकारमा एकैदिन दुईपटक समस्या

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बुधबार सरपरिवार चन्द्रागिरी पुगेका थिए। सोही क्रममा दिउँसो केबलकारको यात्रामा निस्किए।

उनको यात्रा सुरूभएर बीचमा पुग्दा एकाएक विद्युत आपूर्तिमा समस्या आएपछि उनको यात्रा रोकियो। झण्डै २५ मिनेट रोकिएपछि उनको ‘रेस्क्यु’ गरिएको उनको सचिवालयले जनाएको छ।

त्यसपछि फेरि केही समय चलेको केबलकारमा ४ बजेपछि फेरि उसैगरी समस्या आइलाग्यो। उसैगरी विद्युत आपूर्तिमा समस्या आएपछि चन्द्रागिरीस्थित भालेश्वर मन्दिर दर्शन गर्न गएका झण्डै चारसय जना उतै फसेका छ