अर्थमन्त्रीका विषयमा एमालेसँग छलफल गर्ने माओवादीको निर्णयः एमालेले छलफल पनि नगर्ने, अर्थमन्त्रीलाई संसदमा बोल्न पनि नदिने

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले अर्थमन्त्री जनार्दन शर्माका विषयमा उठेका विषयमाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग छलफल गर्ने निर्णय गरेको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज विहान बसेको माओवादी पूर्वस्थायी समिति बैठकले एमालेसँग छलफल गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्री शर्माले बजेटमा करको दर बढाउन बाहिरी व्यक्ति संलग्न गराएको भन्दै विरोध हुँदै आएको छ । अर्थमन्त्री जनार्दन शर्माले आजै बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने तयारी गरेका छन् ।

तर, नेकपा एमालेले भने अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने तयारीमा छ । प्रधानमन्त्रीको जवाफ र संसदीय छानविन समिति बनाउन माग गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *