मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको सजाय

संखुवासभा । जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको सजाय सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास सजाय सुनाइएको हो ।

१७ वर्षीय एक बालकलाई भने २५ वर्षको दुई तिहाइ (करिब १६ वर्ष) कारावासको फैसला भएको जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए । सो हत्या आरोपमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए ।

नरेश बाहेकका चार जनालाई आजीवन कारावासको फैसला भएको हो । पाँचै जना मृतक तेजबहादुरका नातेदार हुन् । २०७८ भदौ २१ गते मादी नगरपालिका–१ उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, ८ वर्षको नाति विपिन र पाँच वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *