सर्वनाम शिक्षालयका वार्डेन जेल चलान

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका सर्वनाम शिक्षालयका वार्डेन रामजी बस्नेतलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला अदालत काठमाडौंले बस्नेतलाई थुनामा पठाएको हो ।

उनलाई डिल्लीबजार कारागार चलान गरिएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीले अभियुक्तलाई जेठ २१ गते रामेछाप प्रहरीको सहयोगमा पक्राउ गरेको थियो।

वार्डेन बस्नेतमाथि होस्टलमा बस्ने बालिकाको संवेदनशील अंग छुने, अश्लील प्रकारका भिडियो देखाउने गरेको आरोप लागेपछि प्रहरीले वार्डेनलाई खोजी गरेको थियो । पीडितका आफन्तले उजुरी गरेपछि महानगरीय प्रहरी वृत बौद्धको टोली घटनास्थल पुगेको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *