कैलालीमा बाढीको बितण्डाः धनगढीको केही भू–भागमा डुवानमा

कैलाली । मंगलबार रातिबाट भएको वर्षाका कारण धनगढीको केही भू–भागमा डुवान भएको छ । उपयुक्त निकास नहुँदा वर्षाको पानी जमेर डुवान भएको हो । धनगढीको हसनपुर क्षेत्र, ग्यालेक्सी माध्यमिक विद्यालय क्षेत्र, मुख्य सडक लगायतको क्षेत्रमा डुवान भएको छ । डुवानका कारण विद्यार्थीलाई विद्यालयसम्म पुग्न समस्या भएको थियो ।

डुवान समस्या समाधानका लागि खोलानालामा भएको अतिक्रमण हटाउने कार्य धनगढी उपमहानगरपालिकाले थालेको छ । यद्यपि, त्यो कार्यले पूर्णता पाइसकेको छैन । नाली लगायतका क्षेत्रमा विभिन्न सामग्री थुपारिएकाले पानीको सहज निकास हुन सकेको छैन ।

यसैबीच, राति भएको भारी वर्षाका कारण कान्द्रा, पथरैया, काँढा, मोहना लगायतका नदीमा पानीको सतह बढेको छ । बाढी आइरहेकाले नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । ठूलो वर्षाका कारण नदीहरुमा बाढी बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *