जोकोभिचको नयाँ कीर्तिमानी

काठमाडौं। सर्वियन स्टार नोभाक जोकोभिचले विम्बल्डन टेनिस प्रतियोगिता अन्तर्गत गएराति दक्षिण कोरियाका क्वान सून वूमाथि ३–१ सेटको जित हात पारेका छन् ।

जोकोभिचले खेल ६–३, ३–६,६–३ र ६–४ ले आफ्नो पक्षमा पारे । यो विम्बल्डनमा उनको ८० औं जित हो । यससँगै जोकोभिच चारै ग्राण्डस्लमा टेनिस प्रतियोगितामा ८० वा सो भन्दाबढी खेल जित्ने पहिलो खेलाडी बनेका छन् ।

२० पटक ग्राण्डस्लाम विजेता जोकोभिचले विम्बल्डन बाहेक युएस ओपनमा ८१, फ्रेन्च ओपनमा ८५ र अस्ट्रेलियन ओपनमा ८२ खेल जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *