लिफ्ट दिएका व्यक्ति नै कार लुटेर फरार भएपछि…

धनगढी । कैलालीको बुढीतोलामा एक कर्मचारी बाधिँएको अवस्थामा भेटिएका छन्। जिल्लाको गोदावरी नगरपालिका–५ स्थित बुढीतोलामा डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी बाधिँएको अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी आइतबार महेन्द्रनगरबाट डडेल्धुरा हिडेका थिए। तर, गन्तव्यमा नपुग्दै उनीमाथि यस्तो घटना घटेको हो । घाइते भण्डारीलाई अहिले उपचारका लागि धनगढी ल्याउने तयारी भइरहेको छ। प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।

भण्डारीले प्रहरीलाई बताएअनुसार महेन्द्रनगरदेखि तीनजना भारतीय मूलका नागरिकले खानीडाँडासम्म जाने भन्दै लिफ्ट मागेका थिए। भण्डारीले आफ्नो प्रदेश ०१–२३–च ६०२१ नम्बरको कारमा लिफ्ट दिए।

कार बुढीतोला क्षेत्रमा पुगेपछि रोक्न लगाई भण्डारीमाथि कुटपिट गरे । उनीहरुले भण्डारीलाई कुटेर प्लास्टिकले हातखुट्टा र मुख बाँधेर सडकदेखि करिब एक सय मिटर तल भिरमा छोडिदिए । जहाँ सोमबार प्रहरीले उनलाई फेला पारेको थियो। भण्डारीले आफ्नो कार पनि उनीहरुले लिएर फरार भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *